Hymn 106
म राख्छु पापको बोझा निर्दोष ख्रीष्ट थुमामा,
01
म राख्छु पापको बोझा निर्दोष ख्रीष्ट थुमामा,
ख्रीष्टले, सब पाप उठाउँछन् पाप बोझा सबैका,
म आफ्नो दोष सब ल्याउँछु दोष मेट्ने येशूकहाँ,
र उनले धोई दिन्छन् म बढ़ो पापीलाई ।
02
म आफ्ना घटी राख्छु भरपूर ख्रीष्ट येशूमा,
जो मलाई निको पार्ने प्राण उद्वारदाता,
म आफ्ना शोक सब ल्याउँछु र फिक्री येशूकहाँ,
जो मलाई साधर दिने सब दुःखमा साझे भई ।
03
म प्राण बिसाई दिन्छु येशूको काखैमा,
उनले अंगालो मार्छन् मलाई अड़ेस दिँदा,
येशूको नाउँ छ प्रिय ख्रीष्ट र इम्मानुएल,
फैलाइँदा यस नाउँले गराउँछ मोहित दिल।
04
म येशू जस्तो होऊँ प्रेमी, दीन, दयालु,
म येशू जस्तो होऊँ धीरजी, कृपालु,
म येशूसम्म पुगूँ स्वर्गदूतगण भए ठाउँ,
र सबैसँग मिली निरन्तर स्तुति गाऊँ ।