Hymn 105
म पापको बाटो छोड्दछु, जहाँ धेरै मान्छे मर्दछन्
01
म पापको बाटो छोड्दछु, जहाँ धेरै मान्छे मर्दछन्
स्वर्गको घरलाई खोज्दछु, यहाँ बस्ने मेरो छैन मन ।
ChorusCh.
यो दुनियाँ मेरो घर होइन, साँच्चै यो मेरो घर होइन
यस दुनियाँमा आराम छैन, यो दुनियाँ मेरो घर होइन
02
मान्छेले रोक्न खोज्दछन्, न प्रार्थना गर्न दिँदछन्
तिनका बातलाई सुन्दिनँ म, स्वर्गको घरलाई खोज्छु म ।
03
मसँग पापीहरू आऊ, स्वर्ग देशमा हामीहरू जाऔँ
र बस्न अब छिट्टै आऊ, स्वर्गको घरलाई खोज्न जाऔं ।
11
प्रार्थना