ChorusCh.
सृजना गरी प्रभु तपाईंले, मलाई यो सुन्दर जीवन दिनुभयो
प्रभु तपाईंलाई के चढ़ाऊ मैले ? मलाई त जीवन नै दिनुभयो
सृजना गरी प्रभु तपाईंले ।
01
मेरो जीवन मर्दै गएको देखी प्रभु रूनुभयो- २
अविश्वासी भई टाढा भाग्दा क्रूसबाट पुकार्नुभयो। - २
02
बुझ्न चाहन्छु किन मलाई यति प्यारो गर्नुभयो ? -२
मेरो जीवनको निम्ति आफै किन क्रूसमा मारिनुभो ? -२