ChorusCh.
धेरै क्षण गुमाएँ, केही पललाई साँचे
जिन्दगीका क्षणलाई व्यर्थै व्यर्थ फालें
त्यो उजाड़ जीवन आज फूलेको छ
त्यो निराश मुटु आज हाँसेको छ।
01
मेरो जिन्दगीको घाम-छाँयामा पनि
प्रभु मलाई सधैं साथ दिनुहुन्छ
हाँसोका ती क्षणमा आँसुका ती क्षणमा
प्रभु मलाई सधैँ हात दिनुहुन्छ
मलाई डर छैन सधैं उनको भर छ
मैंले हिँडने बाटोमा प्रभु हुनुहुनेछ ।
02
पश्चताप गरी म जति चुर हुन्छु
मेरा सब अनर्थ प्रभु माफ गर्छन्
जिन्दगीका दाग र ती कलङ्कलाई
प्रभु सधैं सधैं साफ गर्नुहुन्छ
बाँचुञ्जेलसम्म यही आशा गर्छु
मुक्तिदाता यही आशा गर्छु
मुक्तिदाता येशू फेरि आउनुहुनेछ।।