Hymn 101
स्वार्थमय जीवन जिएर कति तपाईंलाई रूवाएँ (२)
01
स्वार्थमय जीवन जिएर कति तपाईंलाई रूवाएँ (२)
तपाईंको आज्ञा तोड़ेर मैले धेर काँड़ा उमारे
ती काँडाबाट एक मुकुट बनाई प्रभुलाई पहिऱ्याएँ
पाप गर्दै यहाँ बाँचेर कैयौं बार क्रूसमा चढ़ाएँ ।
02
जीउन चाहन्न हारेको जीवन ख्रीष्टरहित भएर (२)
जीउन चाहन्छु जयवन्त जीवन ख्रीष्टभित्र भएर
यसकारण प्रभु हारपूर्ण जीवन तपाईंलाई अर्पन्छु
मेरो सट्टामा येशू जिउनुहोस् यो विनय बिछाउँछु ।