01
ईश्वर महाराजलाई गर प्रणाम,
अँ गाउ उनका गुण, सामर्थ्य र प्रेम,
जो हाम्रा हुन् पालक र रक्षक सँधै,
जो छन् प्रतापी र महिमित सँधै ।
02
प्रताप, अनुग्रहका गर प्रकाश,
हुन वस्त्र ज्योति र ओढ़नी आकाश,
हुन् रथ उनका गर्जनका बादल हजार,
बतासका पखेटामा हुन्छन् सवार।
03
भूलोक अनि त्यसका उदेकका धन,
राखी तपाईंले, हे प्रभु महान,
स्थिर आज्ञाले गरी दह्रिलो त्यसलाई,
घेर्नु भो समुद्रले खाष्टोले झैं।
04
तपाईंको प्रेमको वर्णन असीमित,
हावा र घाममा छ यो प्रकाशित,
सुन्दर पहाड़, पर्वत अनि तराईमा,
झल्कन्छ प्रेम तपाईंको सब ऋतुमा।
05
तपाईंमा सँधै राख्दछौं विश्वास,
हुँदैनौ हामी कहिल्यै निराश,
तपाईंको अनुग्रह अपार छ सब रीत,
हे कर्ता, हे रक्षक, हे त्राणक, हे मीत।।